• सुन तस्करी प्रकरण : पक्राउ परेका सबैविरुद्ध मुद्दा नचल्ने, २९ जना मात्रै प्रतिवादी

  • काठमाडौँ । गत साउन ३ गते हङकङबाट भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) २९ जनालाई मात्र प्रतिवादी बनाउन राय पेस गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    सीआईबीका अधिकारीले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेर ३१४ पृष्ठको अनुसन्धान प्रतिवेदन बुझाएको हो । सीआईबीले यो प्रकरणमा पक्राउ परेका ३२ र फरार रहेका १८ जनासहित ५० जनामध्ये २९ जनालाई मात्रै मुद्दा चलाउनुपर्ने राय दिएको छ । जसमा पक्राउ परेका २५ जना र फरार सूचीमा रहेका चार जनाविरुद्ध मात्रै मुद्दा चलाउने राय सीआईबीले सरकारी वकिललाई दिएको छ ।

    यसअघि बुधबार नै पत्रकार सम्मेलन गरेर सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको बताएको थियो । तर सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा उल्लेख गरिएका ५० जनामध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउँदै मुद्दाको फाइल सरकारी वकिलकोमा बुझाइएको हो । अब सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय