• कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

  • मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
    प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    koshi sarkar 8jAzEbbiiu

    कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् । सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय