• गुल्मीमा बेवारिसे शव फेला

  • गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ ।
    जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो ।
    सडेको अबस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

    निजको शवलाई इलाका प्रहरी कार्यालय जोहोङको टोलीले स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।
    शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिने र आफन्तीहरु पहिचान भई आएमा शवलाई जिम्मा लगाइने गुल्मी प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय