• एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी

  • सुवास वि.सी
    २० भदौ ,बुटवल ।
    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। पाल्पाका कँडेल प्रतिस्पर्धी प्युठानका हरिप्रसाद रिजाललाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
    विजयी कँडेलले ४७९ मत ल्याएका छन् भने रिजालले ४७७ मत ल्याए। रिजालभन्दा २ मत बढी ल्याएर कँडेल अध्यक्षमा निर्वाचित भए।

    यस्तै, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। उनले ४५५ मत ल्याएका छन् भने श्रेष्ठका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याएका हुन्।

    यस्तै उपसचिव पुरुषमा ४२८ मत ल्याएर रोल्पाका पूर्ण बुढा मगर विजयी भएका छन्। उपचसिव महिलामा बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्।

    सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन्। भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो। ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय