• टिप्पणी उठाउने जेल,निर्णय गर्नेलाई छुट : प्रदीप ज्ञवाली

  • सुवास वि.सी
    बुटवल,१६ भदौ |
    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ललिता निवास प्रकरणमा टिप्पणी उठाउने खरदारलाई जेल कोच्ने तर निर्णय गर्नेलाई सरकारले छुट दिएको भन्दै आक्रोश व्यक्त गरेका छन ।
    बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथी आक्रोश व्यक्त गरेका हुन ।उहाँले हिजो भन्दै हुनहुन्थ्यो मेरो ठुलो टेन्सन सकियो,माधव नेपालजीको पनि टेन्सन सकियो’, उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, ‘ए पुष्पकमल दाहाल प्रचण्डज्यू ? तपाईंले फेरि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ? नेपालको अदालतले त त्यस्तो भन्दैन । ’उनले आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेर विपक्षीलाई मात्रै आक्रमण प्रयास गरेको आरोप लगाए । 
    सम्बोधनमा बोल्दै ज्ञवालीले विकास निर्माणका कामहरू ठप्प भएको भन्दै मुलुक आर्थिक सङ्कटको बीचमा रहेका बेला प्रधानमन्त्री नै अस्थिरताको खेतीमा व्यस्त भएको बताए । उनले प्रधानमन्त्रीले जातीय विद्वेषको आगो लगाउने काममा लागिरहेको बताए । उनले भने,‘प्रधानमन्त्री अहिले निकै ठुलो दम्भ गरिरहनुभएको छ । म यो अभियानलाई ज्यान गए पनि छोड्दिन सत्ताबाट हट्नुपरे पनि हटौला, तर यो सबै पाखण्डका रुपामा देखापरेका हुन् ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय