• जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा ६ सय गाँजाका बोट नष्ट

  • गुल्मी
    जिल्ला प्रहरी कार्यालय गुल्मीले सिमीचौरमा ६ सय बोट गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा फडानी गरेर राखेको गाँजा नष्ट गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको टोलीले ६ सय गाँजाका बोटहरु नष्ट गरेको हो ।
    प्रहरीले सिमीचौरका विभिन्न ठाउँमा प्राकृतिक रुपमा उम्रेका ६ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरक्षक सापकोटाले जानकारी दिनुभयो ।

    लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरेको सापकोटाले बताउनुभयो ।
    गाउँमा पशुचौपायालाई औषधिको रुपमा खुवाइने भएकाले गाँजाको बोट हुर्काउने प्रचलन छ । तर प्रहरीले पशुचौपायाका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ । गुल्मी जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय