• समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग

  • सागर भण्डारी, गुल्मी । समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा न.-२ स्थित एक खेल मैदान निर्माणकालागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

    वडा नं २ भर्जुवा लुग्रुङ स्थित लुग्रुङ खेलमैदान निर्माणका लागि थापाले पठाउनुभएको उक्त सहयोग बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बराबरको चेक लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापालाई पहलकर्ता एवम् सचिव दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा नं-२ का वडाध्यक्ष रविन्द्र केसीले आफ्नो वडा भित्रका युवाहरुको आवश्यकतालाई ध्यानमा राखि अमेरीकाबाट सहयोग पठाउनुहुने सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफुले व्यक्तिगत रुपमा र नगरपालिकाबाट समेत खेल मैदान निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

    त्यस्तै सोही अवसरमा वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले खेलमैदान निर्माणका लागि व्यक्तिगत रुपमा ४२ हजार रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरिएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनलाईन मार्फत बोल्दै सहयोगी लिल बहादुर थापाले आफु नेपाल आएको समयमा उक्त ठाउँमा एउटा सार्वजनिक ठाउँ र खेल मैदान निर्माणको आवश्यकता देखेकाले सोही बमोजिम सहयोग गरेको बताउनुभयो ।

    लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापाले आफुहरुको अभियानमा सहभागी भई खेलमैदान निर्माणमा विशेष सहयोग गर्नुहुने समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    स्थानीय समाजसेवी बुद्धिबल चालिसेले समाजसेवी थापाको सहयोगले युवाहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, स्थानीय व्यक्ति सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त खेलमैदान निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताईएको छ । जग्गा खरिद गरी समथर मैदान बनाउने र पोल सहित विभिन्न कामहरु भईसकेको र अब सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय