• बडिगाडमा भिरबाट लडेर मृत्यु भएका गुरुङको परिवारलाई सहयोग

  • गुल्मी । खर बोक्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएका बडिगाड गाउँपालिका वडा नं ५ दाँगका स्व. देविराम गुरुङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

    घरको अभिभावक गुरुङको मृत्यु भएपछि परिवारको विचल्ली भएको अवस्थाका बारेमा जिटिभि नेपालले केही महिना अगाडी भिडियो सामाग्री प्रशारण गरेको थियो । उक्त भिडियो सामाग्री हेरेपश्चात हाल हङकङमा रहनुहुने प्रितिका गुरुङले पठाउनुभएको नगद रु १० हजार रुपैयाँ जिटिभि नेपालले घरमै पुगेर हस्तान्तरण गरेको हो । गुरुङले यसभन्दा अगाडी पनि उक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

    दैनिक ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आईरहेका स्व.देविरामको मृत्यु पछि उनका सन्तानको विचल्ली भएको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा पुग्नुभएका बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले समेत उक्त परिवारलाई नगद रु १ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । आचार्यले गुरुङ परिवारको अफ्ठ्यारोमा विदेशमा रहेर समेत सहयोग गर्ने प्रितिका गुरुङलाई धन्यवाद व्यक्त गर्दै वडाको तर्फबाट बालबच्चाको अध्ययन सहित अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले गुरुङ परिवारको सहयोगका लागि विभिन्न समयमा सहयोग प्रदान गरिरहेको बताउनुभयो ।

    उक्त सहयोग मृतक स्व. देविराम गुरुङकी धर्मपत्नी लाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लिका अध्यक्ष दिपक नेपाली र व्यवस्थापक प्रकाश घिमिरे सहितको उपस्थिति रहेको थियो ।

    स्व. देविराम गुरुङ दाँगमा अर्कैको घरमा भाडामा परिवार सहित बस्दै आएका थिए । दैनिक ज्यालामजदुरी गरेर परिवारको गर्जो टार्दै आएका उनको र्मत्यु पछि उनका ७ सन्तान अभिभावक विहिन बनेका छन् । भने उनीहरुको लालनपोषण र पढाई खर्चका लागि समेत आर्थिक अभाव भएको छ । उनका ४ छोरी र ३ छोरा र श्रीमती रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय