• मुसिकोट भित्र सञ्चालित होटल व्यवसायहरुमा भदौदेखि नयाँ मुल्य सुची

  • सागर भण्डारी, गुल्मी । होटल व्यवसायी मञ्च मुसिकोटले नगरभित्र सञ्चालित होटल व्यवसायहरुले बिक्री वितरण गर्ने वस्तु तथा सेवाको नयाँ मुल्य कायम गरेको छ ।

    होटल व्यवसायी मञ्च गुल्मीको श्रावण २० गते बसेको बैठकको निणर्य अनुसार जिल्लाभरका होटल व्यवसायका लागि निर्धारित नयाँ मुल्यसूचीलाई मुसिकोट शाखाको २७ गते बसेको बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने निणर्य गरेको हो ।

    होटल व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ सहित खाद्यान्न र अन्य सामाग्रीहरुको मुल्य वृद्धि भएकाले होटलबाट उत्पादन हुने खाद्यान्न सामाग्रीहरुको पनि मुल्य वृद्धि गरिएको होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले जानकारी दिनुभयो ।

    बजार र व्यवसायको आधारमा मञ्चले विभिन्न समयमा मुल्यसूची परिमार्जन गर्दै आईरहेको छ । थोक मूल्य र छिमेकी जिल्लाहरुको मूल्य दरको आधारमा हाल कायम गरिएको नयाँ मूल्यसूची पुरानो मूल्यसूची भन्दा केही प्रतिशत मात्रै वृद्धि भएपनि कतिपय परिकारहरुमा भने पुरानै मूल्यसुची कायम गरिएको काफ्लेले बताउनुभयो ।

    मञ्चले अत्यधिक मात्रामा विक्री हुने चाउमिनको मुल्य यथावत राखेको छ । भने चिकेन मम : को मुल्यमा प्रति प्लेट २० रुपैयाँले वृद्धि गरी १ सय ५० रुपैयाँ पुर्याएको छ । सेवा सुविधा, गुणस्तर र ग्राहकको सुन्तुष्टीका आधारमा मुल्यसुची हेरफेर समेत व्यवसायीले गर्न सक्ने र कोठाभाडा स्तर अनुसार लिन सकिने मञ्चले जनाएको छ । उक्त मुल्य भदौ १ गतेदेखि लागु हुने बताईएको छ ।

    मञ्चका अध्यक्ष विवेक काफ्लेले यो मूल्यसूची राखि अनिवार्य रुपमा नगरभरी नै मूल्यसुची अनुसारको दररेट कायम गर्न आग्रह गर्नुभयो । पछिल्लो समय होटल व्यवसायसगं सम्बन्धित विभिन्न घटनाहरु बढिरहेकाले अनिवार्य रुपमा ग्राहकहरुको विवरण राख्न र किशोर किशोरीहरुलाई पारिवारिक बाहेक अन्य अवस्थामा कोठा भाडामा समेत नदिन उहाँले आग्रह गर्नुभयो । त्यस्तै मदिराजन्य पदार्थ बालबालिकाहरुलाई विक्री नगर्न समेत होटल व्यवसायी मञ्च मुसिकोटले सबै होटल व्यवासायीहरुलाई अपिल गरेको छ ।

    उधारो कारोबार समस्याको रुपमा देखिएकाले बिक्री बिल जारी नगरी कारोबार नगर्न र उधारो कारोबार पूणर् रुपमा बन्द गर्न अनुरोध गर्दै अध्यक्ष काफ्लेले खरिद खाता र बिक्री खाता अनिवार्य राख्न, व्यवसायको साईनबोर्ड राख्न र दर्ता/नविकरण गरेर मात्रै व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय