• गुल्मीमा बेवारिसे शव फेला

  • गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा एक बेवारिसे शव फेला परेको छ । उक्त वडाको सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ अन्दाजी ३२ वर्र्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

    प्रहरीका अनुसार, फेला परेको शव सडकबाट टाढा रहेको र त्यस स्थानमा लगातार पानी परिरहेकोले शव निकाल्नको लागि समस्या भइरहेको छ । हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन् । स्थानीयले शव देखेपछि आफुहरुलाई खबर गरेकोले आफुहरु घटनास्थलमा आइपुगेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक ठकुरीले बताए । उनका अनुसार, त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएकोले संकाको बिषय रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेको जानकारी आएपछि सबैतर्फबाट अनुसन्धानको लागि प्रहरी खटिएको जानकारी दिए । उनले स्थानीय, सरोकारवाला र प्रहरीले शव खोलाबाट निकालेपछि पहिचानतर्फ लाग्ने बताएका छन् ।

    शवको प्रकृति हेर्दा १० देखि १५ दिनअघि मृत्यु भएको जस्तो देखिएको छ । शव नाङ्गो अवस्थामा रहेको छ । केही सामान्य प्रकारका चोट देखिएका छन् । आफै हाम फालेको वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय