• गुल्मीका सहोदर दाजुभाई नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

  • नेविसंघको ७१० को तदर्थ समितिमा सहोदर दाजुभाई केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गुल्मी मदाने गाउँपालिका ३ का पदम भट्टराई र शिव भट्टराई मनोनित भएका हुन् ।

    पेशाले पदम चार्टर एकाउन्टेन्ट हुन् । उनी चार्टर एकाउन्टेन्ट अध्ययन गर्न भारत पुगे । इन्सिच्युट अफ चार्टर एकाउन्टेन्ट अफ इन्डिया (आईसीएआई) मा भर्ना भए । चार्टर एकाउन्टेन्ट पढ्ने विद्यार्थीलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भनेर सन् २०१३ मा सीए नेविसंघ, भारत युनिटको संस्थापक अध्यक्ष बने ।

    त्यसअघि उनी जेभिएर इन्टरनेशनल कलेजमा कक्षा १२ पढ्दै गर्दा गुल्मी काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष थिए । निजी कलेजमा राजनीति गर्न नपाइने भएकाले समाजमा जोडिएका थिए ।

    २०७३ सालको नैनसिंह महर नेतृत्वको नेविसंघको केन्द्रीय समितिमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा गुल्मीबाट महाधिवेशन प्रतिनिधिसहित महासमिति सदस्य निर्वाचित भएका थिए । सो समयमा देशभरका कान्छो महाधिवेशन प्रतिनिधिहरूमध्येका एक थिए ।

    नेविसंघमा ३२ वर्षे उमेर हद छ । उनी ३२ वर्ष पुग्दैछन् । विधानले उम्मेदवार हुन रोकिए पनि निार्वचन गराएर विधानसम्मत नेतृत्व चयन गर्न सहयोग गर्ने उनी बताउँछन् ।

    ‘दोस्रो कार्यकालको लागि नेविसंघ केन्द्रीय सदस्य भएको छु । चुनाव गराएर नयाँ नेतृत्व दिने गरी तदर्थ समिति बनेको हो । संगठनले पूर्व कार्यसमितिको सदस्यको हिसाबले अनुभवको आधारमा संगठनले चाहेको छ । यो भूमिका निभाएर म पार्टी राजनीतिमा निरन्तर रहन्छु,’ पदमले भने ।

    शिव पेशाले इन्जिनियर हुन् । उनले एड्भान्स इन्जिनियरिङ कलेजमा स्नातक अध्ययन गर्न भर्ना भए । नेविसंघ इकाइ सदस्य हुँदै २०७१ सालमा अध्यक्ष समेत बने ।

    नेविसंघको राजनीतिमा निरन्तर सक्रिय उनी २०७८ सालमा नेविसंघ गुल्मी काठमाडौ सम्पर्क समितिको अध्यक्ष बने । केन्द्रीय सदस्य बनेपछि जिम्मेवारी थपिएको र पाएको जिम्मेवारी पूरा गर्ने उनले बताए ।

    ‘दाजु भाईले नै नेविसंघमा दुःख गरेका थियौँ । दुवै जना केन्द्री सदस्यमा मनोनित भयौँ खुसी लागेको छ । पाएको जिम्मेवारी निभाउन लागिपर्नेछु,’ उनले भने ।

    Source : Shilapatra

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय