• मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

  • बुटवल । द राईजिङ युथ फर सोसाइटी रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको बुटवलस्थित डलफिन रिसोर्टको सभाहलमा दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा २०७९/०८० का अध्यक्ष विस्वास घिमिरेले २०८०/२०८१ का अध्यक्ष मदन भुसाललाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भुसालले २०८०/२०८१ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पद हस्तान्तरण गर्दै घिमिरेले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा क्लबले कोराना सचेतना अभियान, वृक्षरोपण ,विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । घिमिरेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।

    कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उप प्रमुख साबित्रा देवि अर्यालले यस क्लवले सामाजिक कार्यमा अग्रपंक्तिमा रहेर काम गर्न शुभकामना दिदै समाजका किशोर- किशोरीको हकहितमा काम गर्ने समेत सुझाइन । उप प्रमुख अर्यालले स्थानीय सरकारसँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राख्न समेत सल्लाह दिइन् ।

    कार्यक्रममा विशिस्ट अतिथि एवम् क्लबका सल्लाहकार गणेश पौडेलले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा क्लबसंगै हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् युवा इन्जिनियर छबिन्द्र भट्टराईले क्लबले युवाको हितमा काम गरेको भन्दै आगामी दिनमा अझै गाउँबस्तीमा पुगेर काम गर्न सफल रहोस् भनी नव निर्वाचित पदाधिकारी बधाई तथा तथा सफलताको शुभकामना व्यक्त गरे ।

    पदभार ग्रहण गर्दै अध्यक्ष भुसालले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र वृक्षरोपण, व्यक्तिगत अभिवृद्धि र उद्घोषणसम्बन्धी तालिम संचालन गर्ने, स्वास्थ्य शिविर , रक्तदान कार्यक्रम, गरिब तथा अशक्त व्यक्तहरुलाई न्यानो कपडा र खाद्यान्न बितरण लगायतका कामहरु गर्ने योजना अघि सारे ।यस्तै अध्यक्ष भुसालले प्रविधिको युगमा जसरी मोबाइल फोनले आफ्नो भर्जन अपडेट गर्दै बजारमा पठाउछ त्यसरी नै आफ्नो कार्यकालमा आफुले पहिलेभन्दा अलि पृथक तरिकाली काम गर्ने पनि बताए ।

    कार्यक्रम संचालन क्लबकि उपाध्यक्ष सुवेक्क्षा खनाल गरेकी थिइन ।भने कार्यक्रममा सहभागी अतिथि तथा संचारकर्मीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय