• संवैधानिक परिषदकाे बैठक सुरु

  • काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय