• गुल्मीमा एक अर्ब बढि राजश्व संकलन

  • प्रेम सुनार साउन , गुल्मी |
    गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।
    गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रको कायाृलय गुल्मीले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, गुल्मी
    आर्थिक बर्ष २०७८÷०७९ मा क्ुल ९४ करोड २३ लाख ८५ हजार ३९५ रुपैयाँ राजश्व संकलन भएको थियो । गत आर्थिक बर्षमा भने ६ करोड भन्दा बढि राजश्वमा बृद्धि भएको छ । यस हिसाले गत बर्ष अघिल्लो बर्षको तुलनामा प्रदेशको राजश्व २ करोड ३० लाख १६६ रुपैयाँ राजश्वमा कमी आएको देखिन्छ भने संघ तर्फ अघिल्लो आर्थिक बर्षको तुलनामा ९ करोड २१ लख २५ हजार ५५५ रुपैयाँ राजश्वमा बृद्धि भएकोे त्यस कार्यालयका कोष नियन्त्रक यामलाल श्रेष्ठले बताउनु भयो ।

    प्रदेशमा घटनु र संघमा राजश्व बढनुको कारण पालिकाहरुमा काम हुन नसकी फिर्ता रकम सो कार्यालयको तथ्याङकमा देखिनु रहेको श्रेष्ठले बताए ।
    कुल संकलित राजश्व मध्ये घरेलु तथा साना उद्योग कार्यालयबाट ३० लाख ७९ हजार ७५ रुपेयाँ संकलन भएको थियो । त्यस कार्यालय प्रमुख सुरेन्द्र भण्डारीले अघिल्लो आर्थिक बर्षको तुलनामा त्यस कार्यालयको राजश्व संकलनमा झण्डै १० लाख कमी आएको र कारण ५ लाख सम्म स्थानीय सरकारमै ब्यवसायद दर्ता हुन थालेकोले घटेको बताउनु भयो ।
    त्यस्तै करदाता सेवा कार्यालय मार्फत ३६ करोड ७३ लाख ११ हजार ४४ रुपैयाँ राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा तीन करोड भन्दा त्यस कार्यालयमा राजश्व बृद्धि भएको त्यस कार्यालय प्रमुख जमुना गिरीले जानकारी दिनुभयो ।
    अघिल्लो बर्षको तुलनामा बृद्धि हुनुको कारणबारे जिज्ञाषा राख्दा उनले बारण विविध भए पनि मुख्य गरी करदाताको विगतमा फरक देखाएको कारोवार गत बर्ष १.५ प्रतिशत कर तिरेमा सच्चाउन पाउने अवसर सरकारले दिएकोले २ करोड ३५ लाख बृद्धि भएको गिरीको भनाईछ ।
    जिल्लामा सबै भन्दा बढि राजश्व संकलन गर्ने कार्यालय जिल्ला प्रशासन कार्यालय रहेको छ । उसले गत आर्थिक बर्षमा राहदानी सहित कुल ७ करोड ३८ लाख १८ हजार ७०० रुपेयाँ राजश्व संकलन गरेको छ । ब्यक्तिहरु ध्माधाम कम्पनी दर्ता र पानमा जान थालेपछि राजश्व बृद्धिमा टेवा पुगेको देखिन्छ । ब्यक्तिगत फर्मबाट मात्रै आयकरबाट झण्डै १० करोड राजश्व संकलन भएको करदाता सेवा कार्यालयको विवरणमा उल्लेख छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय