• संसदको अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता

  • काठमाडौं । सदन (संसद) को अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच अहिले सदनको जारी अवरोध हटाउने विषयमा कुराकानी भइरहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

    ‘छलफल जारी छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ नभए विरोध यथावत रहन्छ’, उनले भने । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् । अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले अहिलेसम्म प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय