• गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ

  • अनिल खत्री  १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
    जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गरेको भण्डारीले बताउनुभयो । किसानहरु धानखेती रोप्न व्यस्त बनेका छन् ।
    जिल्लामा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसमध्ये ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको छ ।

    जिल्लाभर रामधान, खुमल चार, खुमल ६, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् । हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायत रहेका छन् ।

    यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउ समेत वितरण गरेको थियो । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ ।
    ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जिल्लामा सबैजसो ठाउमा सिंचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

    गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाएको भन्दै खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि वढ्दै जान थालेको छ । जिल्लाभर सबै पालिकामा धान उत्पादन भएपनि धान पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका छल्दी, चौरासी र मालिका गाउँपालिका अर्जेबेसी, सत्यवति र चन्द्रकोट गाउँपालिकाका ठुला फाँटलाई चिनिन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय