• गुल्मीका खरेल एनआरएनए जापानको महासचिवमा निर्वाचित

  • गुल्मी । गैर आवासीय नेपाली संघ एनआरएनए जापानको महासचिवमा टिकाराम खरेल विजयी हुनुभएको छ ।

    आईतबार सम्पन्न निर्वाचनमा खसेको जम्मा ३ हजार ७ सय ३० मत मध्ये खरेल भारी मतका साथ विजयी हुनुभएको हो ।

    एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि निर्वाचित खरेलले विगतका अनुभव र नयाँ जिम्मेवारीलाई आत्मसाथ गरी एनआरएनए जापानका गतिबिधिहरुलाई चलाएमान बनाएर लैजाने बताउनुभयो ।

    जापानवासी नेपालीहरुसँग हातेमालो गर्दै यहाँ रहेका नेपालीहरुका हरेक समस्यामा सारथी बनेर अगाडी बढ्ने बताउनुभयो ।

    एनआरएनए जापानमा यसअघि सचिव समेत रहनुभएका उहाँ गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोटमा जन्मिनुभएको हो ।

    जापानमा व्यवसायरत खरेलले परदेशको कमाई स्वदेशमा लगानी भन्ने एनआरएनए मर्मलाई आत्मसाथ गर्दै नेपालमा हाइड्रोपावर, कृषि, पशुपालन, शिक्षा, यातायात लगायत क्षेत्रमा लगानी गर्नुभएको छ । खरेल विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर विभिन्न सामाजिक कार्य समेत गर्दै आउनुभएको छ ।

    एनआरएनए जापान भित्र आर्थिक सहित सबै कामलाई पारदर्शि बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । गैर आवासिय नेपाली संघ जापानमा स्थापना कालदेखिनै सदस्य रहँदै १ दशक देखी सक्रिय रुपमा आवद्ध खरेलले २००८ मा साधारण सदस्य हुँदै २०१३ बाट एनआरएनए जापानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्दै आउनुभएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय