• पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

  • पाल्पा । सिद्धार्थ राजमार्ग गए राति (शनिबार) देखि अवरुद्ध भएको छ । तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

    पहिरो गए राति करिब १० बजेतिर खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । दुईवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ ।

    पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचालु हुन्छ भन्ने यकिन नभएको थापाले बताएका छन् । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय