• प्रचण्ड कांग्रेसको कान समातेर काँधमा चढेर हिँडेका छन् : अध्यक्ष ओली

  • भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कान समातेर नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गरेका छन् ।

    आज (शुक्रबार) भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताएका छन् । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै व्यङग्य गरे ।

    ‘कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त’, उनले भने, ‘अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिंड्या छन् । कांग्रेस लुरुलुरु । कांग्रेसको भाग्यमा थियो । अब कठैबरा भन्न सकिन्छ ।’ उनले कांग्रेसले भ्रष्टाचारका विरुद्ध बोल्नै नसक्ने आरोप लगाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय