• एनआएएनए कतार हाँक्ने २ गुल्मेलीको अठोट !

  • गुल्मी : गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालका लागी गुल्मेलीद्वय बुद्ध पाण्डे र झबिन्द्र आचार्यले उम्मेद्वारी दिएका छन् ।

    गुल्मीको मुसिकोट नगरपालिका १ नेटा थामडाँडाका पाण्डेले कोषाध्यक्ष र मालिका गाउँपालिका ५ का आचार्यले सहकोषाध्यक्ष पदमा उमेद्वारी दिएका हुन् ।

    पाण्डेय । आचार्य लामो समयदेखि कतारमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनीहरुले प्रबासबाट जिल्लाका विभिन्न सामाजिक काममा पनि हातेमालो गर्दै आएका छन् ।

    सामाजिक अभियन्ताद्वय पाण्डेय र आचार्यले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने र संस्थाको आर्थिक पाटोलाई सहि व्यवस्थापन गराउने उदेश्य लिएका छन् ।

    संस्थाको कामलाई सरल र सहज एवं पारदर्शीता राख्ने दृढ संकल्प बोकेका दुवै जनाले एनआरएनए कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुराउने आत्म विस्वासका साथ उम्मेदवारी दिएको जनाएका छन् । पाण्डे विगत लामो समयदेखि कतारमा कार्यरत छन । उनले सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हुन् ।

    त्यस्तै झविन्द्र आचार्य पनि एक दशक भन्दा लामो समयदेखि कतारमा रहेर हाल व्यवासाय गर्दै आएका छन् । लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका वरिष्ठ सल्लाहकार हुन । उनि कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन ।

    निर्वाचित भएपछि हरेक नेपाली श्रमिकको प्रत्यक्ष दुख सुखमा साथ दिनसक्ने क्षमता भएका गुल्मेली पाण्डेय र आचार्यले सवैसंग सहयोगको आग्रह गरे । गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको दशौँ महाअधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आगामी जुलाई २७ र २८ तारिख अनलाइन प्लेटफर्म मार्फत मतदान हुदै छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय