• निजामती कर्मचारी संगठन गुल्मीद्धारा शैक्षिक सामग्री प्रदान

  • गुल्मी : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले बिद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामग्री प्रदान गरेका छन् ।

    इस्मा गाउँपालिका ५ को कुमारी आधारभूत विद्यालयको कक्षा १ देखि ३ सम्म बिद्यार्थीको लागि ४९ व्याग, पेन्सिल र इलेजर प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मी अध्यक्ष भिमलाल खनालले जानकारी दिए ।

    कार्यक्रममा एमाले नेता राजेन्द्र विक्रम कुवर, हिरा एसी, लक्ष्मण विष्ट, नेपाल निजामती कर्मचारी संगठन लुम्विनी प्रदेश इन्चार्ज दधिराम मरासिनी, पेशागत महासंघ नेपालका पुर्व कोषाध्यक्ष छविन्द्र वेल्वासेले शुभकामना मन्तव्य राखेका थिए ।

    जिल्ला अध्यक्ष भिमलाल खनालको अध्यक्षता रहेको कार्यक्रम पेशागत महासंघ नेपालका पुर्व कोषाध्यक्ष छविन्द्र बेलबासेको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष सावित्रा भण्डारीको स्वागत तथा केन्दिय पार्षद लालमणि भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

    संगठनले विभिन्न रचनात्मक कामहरु जिल्लामा गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय