• कपिलवस्तुको वाणगंगामा १६ बर्षिय किशोरीद्धारा गेट लगाएर आत्महत्या

  • काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक किशोरीले आत्महत्या गरेकी छन् । वडा नम्बर ६ मनोहरापुर स्थायी घर रहेकी १६ बर्षिय विश्मता क्षेत्रीले घरमा कोही नभएको मौका छोपी घरको बाहिरी गेटमा चुकुल लगाएर कोठामा गई पंखमा पासो लगाई आत्महत्या गरेको बताइएको छ ।

    ‘स्थानीय पारिजात ईङलिश बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत उनी विहिबार परीक्षा दिएर घर आएकी थिईन्’, उनको घर नजिकैका छिमेकीले अपि टाइम्सलाई भनेका छन् ‘त्यसपछि साँझ यस्तो गलत निर्णय गरिछन् । धेरै दुख लागेको छ । किन आत्महत्या गरिन् केहि पनि थाहा छैन । परिवार शोकमा डुवेको छ । आमा वेहोस् हुनुहुन्छ ।’

    अहिले उनको शवलाई पोष्टमार्टमको लागि कपिलवस्तु अस्पताल तौलिहवा लपगएको छ । घटनाको कारणबारेअनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनका आफन्तका अनुसार उनी पढाइ र नृत्यमा तेज थिइन् ।

    वाणगंगामा दिनहुँ आत्महत्याका घटना घट्न थालेका छन् । महिनामा ४ । ५ जनाले आत्महत्या गर्ने गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक कोशिशबाबु जोशीले बताए । उनका अनुसार एकदिन अघि पनि जिनुवामा पनि एक जनाले आत्महत्या गरेका थिए । १६ बर्षिय किशोरीले आत्महत्या गर्नु निकै दुखद् रहेको उनको भनाई छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय