• नेपाली वायु सेवा कम्पनीले विमानभित्रै पसल चलाउन पाउने

  • काठमाडौं । नेपाली वायु सेवा कम्पनीले अब अन्तर्राष्ट्रिय उडानमा पसल चलाउन पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इनफ्लाइट सपसम्बन्धी कार्यविधि जारी गरेको छ । यो कार्यविधि आएसँगै नेपाली वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा इनफ्लाइट सप चलाउन पाउने भएका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका ज्ञानेन्द्र भुलले विमान कम्पनीहरूले मेनु दिने र सोही अनुसार यात्रुले पसलबाट सामान खरिद गर्न सक्छन् । बजेट एयर लाइन्समा यस्तो सुविधा हुने गर्छ । हाल एउटा मात्र नेपाली निजी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले इनफ्लाइट सपको अनुमति पाएको क्यानले जनाएको छ । यसरी विमानभित्र पसल चलाउन मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय