• NRNA माल्टाको उपाध्यक्ष पदमा समाजसेवी तथा बौद्धिक युवा भरत खड्काको उम्मेद्बारी

  • महेन्द्र कौशल | बिगत लामो समय देखि माल्टामा रहेर हरेक नेपालीहरुको दुख सुखलाई नजिकैबाट निहाल्दै हरेक समस्याको समाधान गर्न पछि नहट्ने एक सहासी,सहयोगि युवा भरत खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा, आसन्न निर्वाचन २०२३/ २०२५ को राष्ट्रिय समन्वय समितीको उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छन्।

    उनी सानै देखि दुख बुझ्ने भएकै कारण उनले अरुको दुख सुखमा हातेमालो गर्न जानेका छन। आफू श्रम गरेर कमाएको रकम पनि गरिब दुखी असाहयलाई सहयोग गर्दै आएका छन।

    उनी करिब ६ वर्ष देखि माल्टामा रहँदै आएका छन् । उनको यो उम्मेद्वारी प्रथम भएता पनि पुर्व पदाधिकारी जस्तै सक्षमता बटुलेका छन। नेपाली समाज लगायत माल्टामा बस्नु भएका सबैजना संग सहकार्य गर्दै केही गर्नु पर्छ भन्ने सोँच र हौसला राख्दै पहिलो पटक ( NRNA ) माल्टाको २०२३/२०२५ को आसन्न निर्वाचनमा उम्मेदवारी दिएको उनले बताउँछन। दुखको गाँस खाएर दुखमा हुर्केका कैयौं माल्टाबासी नेपालीले उनलाइ साथ दिएका छ।

    उनी नेपालीको मनलाई बुझ्न सक्ने क्षमता भएका कारण उनलाइ नजिताए समिति अधुरो हुने भनेर उनलाइ नजिकबाट बुझेका गुल्मी मुसिकोट, खर्बाङ्गका लक्षु गिरिले जानकारी दिएका थिए। उनको चर्चा परिचर्चा हरेक ठाउँमा रहेको पाहिन्छ। उनि गुल्मी जिल्लामा जन्म लिएर बुटवल देभिनगर बस्दै आएका थिए।

    उनी हाल माल्टामा रहेता पनि उनी दुखी गरिबको सहयात्री भएकै कारण नेपालमा धेरै चर्चा रहेको छ। उनी अहिले विभिन्न समाचारको हेड्लाइन बनिरहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय