• मुसिकोट भएर चल्ने सवारी साधनमा कडाई, २० वर्ष पुराना सवारी सञ्चालनमा निषेध

  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका भित्र विशेषगरी वामी रुद्रवेणी सडकखण्ड तथा तम्घास लगायतका सडकखण्डमा सञ्चालित यात्रुवहाक तथा अन्य सवारी साधनमा कडाई गरिएको छ ।

    नगरपालिकाकासंग जोडिएका विभिन्न सडकखण्ड भएर सञ्चालित छोटो तथा लामो दुरीका यात्रुवहाक सवारी साधन, निजी सवारी साधन र अन्य मालवहाक सवारी साधनहरुलाई नियमसंगत सञ्चालन गर्न तथा ट्रफिक सुरक्षालाई मध्येनजर गरेर वामी प्रहरी चौकी र टफिक प्रहरीले सोमबार सवारी साधनको छड्के चेकजाँच गरेको छ ।

    जिल्ला प्रशाशन कार्यालय गुल्मीको असार २५ गते सम्पन्न सरोकारवालाहरुको बैठकबाट भएका निणर्यहरु कार्यान्वयन गर्दै नगर भएर सञ्चालन हुने सवारी साधनहरुको नियमन गर्नका लागि छड्के चेक जाँच सहित अन्य कार्यक्रमहरु सञ्चालन गरीएको वामीटक्सार प्रहरी चौकीका ईन्चार्ज लक्ष्मण बि.कले जानकारी दिनुभयो ।

    प्रशाशनको निणर्य बमोजिम ग्रामीण क्षेत्रमा सञ्चालित सवारी साधनहरुले यात्रुहरुलाई तोकेको भाडादर लिए नलिएको, टिकटको व्यवस्था गरे नगरेको तथा सीट क्षमता भन्दा बढी यात्रुहरुलाई राखेको विषयमा अनुगमन गरिएको उहाँले बताउनुभयो । सवारी चालक, सवारी धनी र सम्पूर्ण यात्रुहरुकै सुरक्षा तथा हीतका लागि यस्तो निणर्य भएको भन्दै उहाँले कार्यान्वयनका लागि सबैले सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

    सो अवसरमा सवारी चालकले सवारी चलाएको अवस्थामा मोबाईल फोन प्रयोग नगर्न निर्देशन दिने, जुन प्रयोजनका लागि गाडी दर्ता गरिएको छ सोही अनुरुप सञ्चालन गर्ने, रातो प्लेटका गाडीहरुमा यात्रुहरु ओसारपसार नगर्ने र त्यस्तो गरेमा कानुनी कारबाही गर्ने, सवारी सञ्चालनका क्रममा मापसे वा लापसे सेवन गरेको पाईएमा तुरुन्तै कारबाही गरिने लगायतका विषयमा सवारी चालक र सवारी धनीहरुलाई सचेतना समेत प्रदान गरिएको छ ।

    २० वर्ष भन्दा पुराना सवारी साधनहरु सञ्चालन गर्न प्रतिबन्ध लगाईएकाले त्यस्ता सवारी साधन सञ्चालन भए नभएको बारेमा समेत अनुगमन गरिएको वामी प्रहरी चौकीका टरफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो । त्यस्तै भाडादर समायोजन सम्बन्धी जानकारी समेत लिईएको छ । त्यस्तै बर्षायामा पहिरोका कारण यातायात अबरुद्ध हुन नदिन हरेक सडकहरुमा डोजर स्टाण्डबाई राख्नका लागि स्थानीय पालिकासगं समन्वय गरिने उहाँको भनाई छ ।

    उक्त छड्के चेकजाँच नियमित रुपमा हुने वामी प्रहरी चौकीले जनाएको छ । छड्के चेकजाँचमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, यातायात व्यवसायी समितिका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय