• जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग

  • पाल्पा-तानसेन १० तेल्घा निवासी पत्रकार खेमराज पाण्डेयले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।

    पत्रकार पाण्डेयले दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । पाण्डेयले यस बर्ष दृष्टिविहिन विद्यार्थीहरुको उत्प्रेरणाका लागि आफ्नो जन्मदिनमा सामाजिक काम गरेर मनाउन पाउँदा निकै खुशी लागेको पाण्डेयले बताउनुभयो । पाण्डेयले आफुले गरेको सानो कामले दृष्टिविहिन विद्यार्थीहरुको पढाई र जिवनयापनमा सहयोग होस् भनेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

    पाण्डेयले ५ हजार ७ सय २५ रुपैंया दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले विभिन्न पार्टी र भोजहरुमा गर्ने खर्च दृष्टिविहिन विद्यार्थीहरुका लागि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सापकोटाले अक्षयकोषको रकम उचित र प्रभावकारी कामका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    पाण्डेयले आगामी जन्मदिनहरु पनि सामाजिक कार्य गरेर मनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय