• गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

  • गुल्मी ।  गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकीबेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

    प्रहरी उपरीक्षक प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते हुनुभएको थियो ।घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएको थियो । घाइते टीकाको उपचारको क्रममा बुधबारसाँझ १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनघिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिनेछ । मृतक बलालको आजै अन्त्येष्टि गरिनेछ ।

    मुसिकोट नगरपालिकाको नेटा र मालिका गाउँपालिकाको नेटामा चट्याङले बढी असर गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय