• प्रधानमन्त्रीलाई लिङ्देनको सुझाव : अलिकति नैतिकता जीवित छ भने राजीनामा दिनुस्

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाएका छन् ।

    प्रतिनिधि सभाको आज (सोमबार) को बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गरे । उनले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाए ।

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज अलिकति जीवित छ भने राजीनामा दिनुपर्छ । यो दबाबले मागिने कुरा होइन ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय