• मुसिकोट नगरपालिका भित्र १ सय ८ विपन्न परिवारका घरको छाना जस्तापाताले छाईने

    २०८० असार २१, बिहीबार ११:५५ मा प्रकाशित
  • सागर भण्डारी, गुल्मी । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका भित्रका १ सय ८ घर छनौटमा परेका छन् ।

    वडा कार्यालयको सिफारिसमा नगरभित्र रहेका अति विपन्न परिवारलाई जस्तापाता वितरण गर्ने गरी उक्त संख्याका घरधुरी छनौटमा परेको मुसिकोट नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो ।

    नेपाल सरकार सहरी विकास मन्त्रालयको क्रमागत कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० र २०८०/८१ मा कार्यान्वयनगर्ने गरि मुसिकोट नगरपालिकाबाट १०८ जना लाभग्राहीहरू सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएको उहाँले बताउनुभयो ।

    छनौट भएका लाभग्राहीहरूका लागि असार २२ गतेभित्र सम्झौताको लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

    छनौट भएका घर मध्ये वडा नं १ का १७ जना वडा नं २ का १४ जना, वडा नं ३ का १० जना, वडा नं ४ का १५ जना, वडा नं ५ का ११, वडा नं ६ का १३ जना, वडा नं ७ का १० जना, वडा नं ८ का १३ जना र वडा नं ९ का ५ जना रहेका छन् ।

    सिफारिस
    लोकप्रिय