• मुसिकोट नगरपालिकाद्धारा कृषकहरुलाई कृषि सामाग्री वितरण

    २०८० असार १८, सोमबार १७:५० मा प्रकाशित
  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकहरुलाई कृषी सामाग्री वितरण गरेको छ ।

    नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाका विभिन्न वडाका कृषकहरुलाई कृषी औजार वितरण गरेको हो ।

    किसानको मागका आधारमा खेत जोत्ने हाते ट्याक्टर, कुटानी पिसानी मिल तथा घाँस काट्ने क्रस कटर मेसीन ५० प्रतिशत अनुदानमा बितरण गरिएको नगरपालिका कषि अधिकृत जनक पौड्यालले जानकारी दिनुभयो ।

    कृषि क्षेत्रमा लागेका कृषक, कृषि सहकारी कृषक समूहलाई परम्परागत खेतीलाई परिवर्तन गरी आधुनिक प्रविधिबाट उत्पादन बढाउने उद्देश्यले कृषी औजार वितरण गरिएको उहाँले बताउनुभयो ।

    यसअघि नगरपालिकाको कृषी शाखा मार्फत माग गरिएको निवेदनका आधारमा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषी औजार बितरण गरिएको उहाँले बताउनुभयो ।

    उहाँको अनुसार २४ वटा कुटानी पिसानी मिल, २२ वटा हाते ट्रयाक्टर र ३ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो नगरपालिकाले वर्षेनी किसान लक्षित कृषि उपकरण वितरण गर्दै आएको छ ।

    सिफारिस
    लोकप्रिय