• गुल्मीका कुँवरले व्यक्तिगत लगानीमा बनाउँदैछन् अन्तराष्ट्रिय क्रिकेट रंगशाला

  • बुटवल। रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

    तिलोत्तमा १७ पुर्व दरखसवामा पौने ५ विघा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्न लागेको हो । यो निजी लगानीमा बन्ने नेपालको पहिलो क्रिकेट रंगशाला हो । एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका छ्न् ।

    गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र ९ वर्ष अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रको व्यवसाय गर्दै आएका विनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ ।

    यो क्रिकेट रंगशाला होस्टेलसहित एकेडमी र तालिम केन्द्र सहितको हुने विनोद कुंवरले बताए । आफू क्रिकेटको पारखी भएकाले यसको बिकास मा योगदान गर्न रंगशालामा लगानी गरेको बताए ।

    चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालिम केन्द्र सञ्चालनका लागि पुर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन् ।

    एक वर्षमा क्रिकेट प्रतियोगिता गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने काम भइसकेको विनोद कुँवरले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय