• खडेरीका करण नवलपरासीका किसान चिन्तित

  • सुरेश यादव,नवलपरासी/असार ३ । पश्चिम नवलपरासीका किसानहरु खडेरीका कारण चिन्तित भएका छन् । असार लागिसक्यो तैपनि पानी नपरेकाेले किसानहरु चिन्ता व्यक्त गरेका छन् ।

    नवलपरासीका किसानहरु अधिक्तम कृषि पेसा मै निर्भर हुने गरेकाले खेतमा छरेका बिउ पानी नपर्दा सुक्न थालेकाे किसाहरुले बताउँछन् । उता नवलपरासीको पाल्हिनन्दनमा किसानहरु चर्काे घाममा एक सातादेखि राेपाइ गरिरहेका छन् । चर्काे घाममा राेपाइ गरेका धान पानी नपाउदा खेतमै सुक्न थालेकाे छ ।

    राेपाइ गरेकाे खेत ध्वजा फाट्न थालेकाले किसानहरु निरास बनेका छन् । समयमा पानी नपर्दा खाेला,नाला र बाेरिङ्गहरुमा पनि सुक्न थालेकाेले छरेका बिउ पनि खेतमा सुक्दै गएकाे किसानहरुले बताउँछन् । देशका अधिकान्स जिल्लाहरुमा पानी नपर्दा किसान मारमा परेका छन् । साथै लुम्बिनी प्रदेशमा अझै केहि दिन पानी नपर्ने माैसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय