• ज्योति मगरको प्रस्तुति आज बुटवलको राष्ट्रिय झण्डा महोत्सव दिपनगरमा रहने

  • बुटवल । बुटवलको दिपनगरमा राष्ट्रिय झण्डा सास्कृतिक महोत्सव २०८० संचालन भइरहेको छ।

    जोगाऔ प्रकृति , खोजौ संस्कृति ,मनाऔ मिलेर उत्सव भन्ने मुल नाराका साथ पृथ्वीनारायण स्पोर्ट्स प्रतिष्ठानको आयोजना, बुटवल उपमहानगरपालिकाको संरक्षक र शिवालय युथ क्लब सहयोग सस्था रहेको महोत्सवमा जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा राष्ट्रिय झण्डा महोत्सव संचालन भइरहेको छ।

    आज अर्थात असार ४ गते चर्चित गायिकएवम् डान्सर ज्योति मगर, डान्सर बिना धिताल, डान्सर मोनिका न्यौपाने, टप सोनि डान्स ग्रुप सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । भने कार्यक्रम उद्घोषण बिकास भट्टराईले गर्ने छन् ।

    महोत्सव जेठ २६ गतेदेखी असार १० गतेसम्म सिद्धेश्वरी खेल मैदानमा चलिरहेको छ। राष्ट्रिय झण्डाको संरक्षण र पहिचान झल्काउको लागि यो महोत्सव संचालक गरिएको राष्ट्रिय झण्डा महोत्सव कार्यक्रमका संयोजक घनश्याम पाण्डेले जानकारि दिए । यस्तै मेलामा विभिन्न कृषिसामाग्री,अटोमोबाइल,होटल लगायतका स्टलहरु राखिएको जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक राजबिर जैसवालले बताएका छन् ।

    उक्त महोत्सव अवधिमा प्रथम बुटवल डान्स आइडल २०८० समेत असार ४ गतेबाट संचालन भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय