• ललितपुर इमाडोलमा बीच सडकमै बस पल्टियो

  • काठमाडौँ । ललितपुरको इमाडोलस्थित बाहुनधारामा बीच सडकमै बस पल्टिँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बाहुनधारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

    अनियन्त्रित भई बस सडकमै पल्टिँदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ ।

    सिफारिस
    लोकप्रिय