• नेपाल नेत्र ज्योति संघले खरिद गरेको दुई धुर जग्गामा एक करोड भ्रष्टाचार

  • रौतहट / १ असार |

    नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा ठूलो रकमको चलखेल भएको खुलेको छ । ६ महिना पहिला ९ लाख ३२ हजारमा खरिद भएको दुई धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाण्डुले १ करोड ९ लाखमा खरिद गरेको खुलेपछि जग्गा खरिदमा नेत्र ज्योति संघको पदाधिकारीहरुले गरेको चलखेलबारे खुलासा भएको छ ।

    २०७९ असोज १२ गते रौतहट जिल्लाको तत्कालीन गाविस चन्द्रनिगाहपुर वडा नम्बर १ किता नम्बर ७२४३ कित्ता नम्बरको दुई धुर जग्गा कल्पना अधिकारीसंग ९ लाख ३२ हजार रहेको जग्गाको मूल्य १ लाख ३२ हजार र घरको ८ लाख गरी रौतहटको चन्द्रपुर नगरपालिका– ९ डुमरिया मटीऔनका धन मायाले खरिद गरेको मालपोतको लिखतबाट देखिएको छ ।

    २०७९ चैत २६ गते गतेमा सोही जग्गा नेत्र ज्योति संघले जग्गाको मूल्यांकन पचास (५०) लाख र घरको लाख मूल्यांकन गरी १ करोड ९ लाखमा खरिद गरेको पारित राजीनामाबाट पुष्टि भइरहेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रौशन श्रेष्ठले जानकारी दिए । नेपाल नेत्र ज्योति संघद्वारा चन्द्रनिगाहपुरमा संचालित आँखा अस्पतालका डा. रियाजले संघका रौतहट अध्यक्षसंग मिलेमतो गरी ४० लाख भन्दा कम मूल्यमा बिक्री हुने जग्गाको १ करोड ९ लाख रुपैयाँ थैली राखेर बिक्री वितरण गरेको बुझिएको छ । दुई धुरको सो जग्गामा ८ धुर सार्वजनिक जग्गा मिचेर १० धुरमा भवन निर्माण कम्पाउण्ड वाल सहितको निर्माण गरिएको छ ।

    डा.रियाजले दुई धुर जग्गा खरिद गरिए पनि कब्जामा १० धुर जग्गा रहेको स्वीकारसमेत गरेका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डसंग टाँसिएको नभएको जग्गाको १ करोड ८ लाखमा बिक्री भएको कुरा अपत्यारिलो भएको स्थानीयहरुले बताएका छन् । समाचार स्रोतका अनुसार चन्द्रपुर आँखा अस्पतालमा कार्यरत महिला स्टाफ यशोदा परियारको सासु नाता पर्ने धन मायाको नाउमा ९ लाख ३२ हजार मूल्य राखेर खरिद गरेको जग्गा डा. रियाजले अनुचित रुपमा आर्थिक लाभ लिने उद्देश्यले त्यही जग्गा आफ्नै संस्थाको नाउमा १ करोड ९ लाख मूल्य देखाएर बिक्री गराएको स्रोतको दाबी छ ।

    पारित भएको लेखतको ऋणीको नाउँमा सम्पर्क नम्बरको महलमा डा. रियाजको मोबाइल नम्बर ९८५५०११७८६ उल्लेख गरिएको र ऋणी आँखा अस्पतालमा कार्यरत कर्मचारीको नातेदार भएकोले शंकास्पद रहेको छ । नेपाल नेत्र ज्योति संघको प्रतिनिधि नागेश्वर प्रसाद चौधरी हस्ताक्षर गरे पनि छाप गौर आँखा अस्पतालको लगाइएकोले आर्थिक चलखेल

    सिफारिस
    लोकप्रिय