• बिद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

  • गुल्मी : ‘हाम्रो मालिका’ । अहिले मालिकाका बिद्यार्थीको हातहातमा पुगेको छ । जिल्लाकै मै हुँ भन्ने पालिकाहरुलाई पुस्तक निर्माणमा निकै मुस्किल परिरहेको छ । तर, कुनै समय जिल्लाको विकट भनिने मालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण गरेर एकै पटक बिद्यार्थीहरुको हातहातमा पुराएको छ ।

    मालिकाले पाठ्यपुस्तमा मात्रै नभएर देशमा महत्वपूणर् अभियानमा समेत पहिलो बनाएर देखाएको छ । खुल्ला दिशामुक्त अभियान सफल बन्ने अर्जे मालिकाकै वडा हो । त्योसंगै स्थानीय तहपछि जिल्लामै पहिलो पूणर् संस्थागत प्रसुति गाउँपालिका पनि बनेको छ । काम गर्ने दृढ संकल्प र इच्चाशक्तिले धेरै कठोर कामहरु पनि सम्भव भएका छन् । पछिल्लो उदाहरणको रुपमा मालिका गाउँपालिकाले पाठ्यपुस्तकबाट प्रमाणित गरेको छ ।

    जिल्लाको जेठो स्थानीय तह रेसुंगामा भर्खर पाठ्यपुस्तक निर्माणको प्रक्रिया अगाडी बढेको छ । सवैभन्दा धेरै बिद्यालय भएको अर्को स्थानीय तह मुसिकोट नगरपालिका पाठ्यक्रममै लर्खरिएको छ । जिल्लाको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तकनै कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले १०० पुणर्ाङ्कको ‘हाम्रो मालिका’ नामको स्थानीय पाठ्यपुस्तक जिल्लामै पहिलो पटक कक्षा १ देखि ८ सम्म एकै पटक कार्यान्वयन गरेको हो । गतबर्षबाट पाठ्यक्रम भएपनि अहिलेदेखि पाठ्यपुस्तकनै निर्माण गरेर वितरण गरेको छ ।

    राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय तहले पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने व्यावस्था छ । सोहि व्यावस्थालाई मालिकाले पूणर् कार्यान्वयन गरेको हो । मुल तथा विभिन्न उपसमिति निर्माण गरेर लामो समयको प्रयासपछि पाँच वटा विषयसुची समावेश गरेर स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुम घर्तिले जानकारी दिए ।

    पाठ्यपुस्तकभित्र बिशेष गरेर गाउँपालिका भित्रका प्रचलित धर्म, संस्कृती र पम्परा, स्थानीय पेसा व्यावसाय सीप र प्रविधी, स्वास्थ्य सरसफाई, योग जडिबुटी र सकारात्मक व्याबहार, सूचना सञ्चार प्रविधी, व्याबहारिक लेखन र विपद् जोखिम न्यूनीकरण विषयवस्तु समेटिएको घर्तिले बताए । स्थानीय पाठ्यपुस्तक मालिका गाउँपालिकाका ५३ सामुदायिक विद्यालय तथा पाँच वटा संस्थागत गरेर ५८ विद्यालयका चार हजार बढि विद्यार्थीले अध्ययन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए । उनले प्रध्यानाध्यापक, विद्यालय व्यावस्थापन समिति, शिक्षा समिति, अभिभावक र पालिकाका सवै सरोकारवालासंगको छलफल र आवश्यकताको आधारमा निर्माण गरिएकाले कार्यान्वयमा कुनै समस्या नरहेको बताए ।

    मालिका गाउँपालिकाका उपप्रमुख उपेन्द्र अर्यालले सवै काममा चुनौति हुने भएकाले अठोट र क्रियाशिलताले सफलता प्राप्त हुने बताए । उनले प्रमुख र उपप्रमुखलाई बिद्यालय, बिद्यार्थी र अभिभावकसंग जोडेर शिक्षा सुधार बर्षलाई सफल बनाउने बताए । उनले पाठ््य पुस्तक निर्माणको कठिनाइ र संर्घषको सिकाईबाट नयाँ कदमहरुको लागि उर्जा प्राप्त भएको बताए ।

    बिहिबार मालिका गाउँपालिकाले पुस्तक निर्माणमा योगदान गर्नेहरुलाई सम्मान तथा पुस्तक विमोचन गरेर बिद्यालयहरुमा वितरण गरेको छ । गाउँपालिका प्रमुख देविराम अर्यालले बिद्यार्थीहरुलाई बिद्यालय स्तरबाट सीपयुक्त बनाउन स्थानीय कलासंस्कृतिससंगै व्यावहारिक पेशा व्यावसायका सीप र बिपद्का बिषयवस्तु समेत पाठ्यपुस्तकमा समेटिएको बताए । बिद्यालय स्तरको पढाई सकिए लगत्तै सामुदायमा व्यावहारिक र स्वरोगार बन्न प्रेरित पाठ्यपुस्तकले गरेको अर्यालले बताए ।

    शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार जिल्लाका सवै पालिकाले पाठ्यक्रम बनाएका छन् । तर, निकै कमले मात्रै पाठ्यपुस्तक निर्माण गरेका छन् । जिल्लाको धुर्कोट र गुल्मीदरवार गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेर कार्यान्वयन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी अमर केसीले जानकारी दिए । केसीका अनुसार धुर्कोट गाउँपालिकाले जिल्लामा पहिलो पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको थियो । यो बर्ष केहि पालिकाले पाठ्य पुस्तक निर्र्माणको सुरुवात गरेपनि धेरै पालिकाहरु अलमल देखिएको केसीले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय