• ट्राफिक प्रहरी पश्चिम नवलपरासीद्वारा राेकिएन असुली धन्दा

    २०८० जेष्ठ २५, बिहीबार १३:१२ मा प्रकाशित
  • सुरेश यादव,नवलपरासी/जेठ २५ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका हाकिमले उठ्तीपुठ्ती गर्न मातहतका इकाईहरूलाई निर्देशन दिएको गुनासाहरू बाहिर आएका छन् । जिल्ला भित्रका ट्राफिक प्रहरी ब्यापारी , ठेकेदार , ओभर लोड गाडी , साधारण बाईक चालक तथा पार्किङ स्थलबाट कमिशन उठाउन थालेको समाचार छ ।

    ट्राफिक प्रहरीले बर्दघाट , सुनवल, परासी ,भुमहि ,बेलाटारी , सेमरी र महेशपुर ठाउँ बाट भित्र प्रत्यक्ष रूपमा सवारीसाधन चालक र व्यवसायीहरू सङ घुस लिने गरेपनि अहिले ब्यापारी , ठेकेदार , ओभर लोड गाडीसँग साप्ताहिक र मासिक घुस रकम उठाउँदै आएको समाचार स्रोतले जानकारी दिएको छ । तिनीहरूले गल्ती गरेर लाइसेन्स वा बिलबुक लिएर चिट काटेर दिँदा होस् वा समितिले जरिवाना रकम तिरिदिएर लाइसेन्स वा बिलबुक छिटो निकालिदिए बापत पनि शुल्क असुल्ने गरिएको गुनासो बढेको छ ।

    जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलले सुरूमा प्रमुख भएर आउँदा केही कडाइ गरेजस्तो गरेपनि हाल ट्राफिक नियम र अनुशासन पालनामा फितलोपन देखिनुका साथै सवारीसाधन दुर्घटना पनि बढेका छन् । जिल्ला ट्राफिक कार्यालयमा बिगत ३/४ बर्ष देखि कार्यरत प्र.ह किरण ज्ञावलीले निमार्ण व्यवसाय, ट्रिपर व्यवसाय हरु सग मानसिक डेढ लाख देखि २ लाख सम्म उठाउन काम गरेको छन । यसरी ट्राफिक प्रहरी बर्दघाटमा सई प्रमुख हुदा ५०,०००/- दिने गरेको थियो भने जिल्ला मा ३ जना सई हुदा हुदई असई लाई मानसिक ६०,०००/- जिल्ला मा बुझाउने सर्तमा प्रमुख राखिएको छ। यसरी मानसिक रूपमा ट्राफिक प्रहरी बर्दघाट ले ६००००, सुनवलले ४०,०००/-, परासीले २५०००/-, सेमरी, महेशपुर र बेलाटारीले ५ देखि १० हजार सम्म उठाएर जिल्ला ट्राफिक कार्यालयमा पठाउने गरेका छन् । भुमहि चोक मा डियुटि गर्नेले भारतीय गाडीहरु सँग दैनिक २०००/- हजार गरि मानसिक ६०,०००/- सम्म जिल्ला ट्राफिक कार्यालयमा बुझाउने काम गरेको छैन। ।

    जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीमातहत रहेका ट्राफिक प्रहरीको पोस्टले विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेका छन् ।दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको पीडितहरुले बताएका छन् । बुटवल,भैरहवा सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् । त्यसै गरि भारतीय नम्बर को गाडीहरूबाट विभिन्न चेकजाँचको बहानामा रकम असुलने गरेको विभिन्न संचारमाध्यममा समाचार आएको थियो । त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् ।

    भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् । मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था हुनु साथै यातायात कार्यालयबाट १ टन बराबर १०००/- रुपैयाकाे पटके कटाउने सुबिधा रहेकाे छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनाधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनाधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।

    भैरहवा भन्सार कार्यालय र महेशपुर भन्सार कार्यालय बाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ । त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रती गाडी १ हजार देखि १५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम उल्लेख नगर्ने सर्तमा बताउने गरेका छन् ।

    जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्दिका कँडेलसग थप कुरा गर्न खोज्दा पत्रकार लाई ५ लिटरको कुपन दिनको लागि लेखालाई पठाएको थियो तर पत्रकारले हजुरलाई जानकारीको लागि मात्र आएको भने पछि हामीलाई जानकारी दिन मिल दैन भनेकाे छैन ।

    सिफारिस
    लोकप्रिय