• आफ्नै पत्नी ले गरे श्रीमान् को हत्या

  • बिनोद निगम / नवलपरासी / २१ जेठ | पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ स्थित खेतको – आलीको किनारमा पुरिएको अवस्थामा मृत फेला परेका स्थानीय अव्दुल नसिम खाँको आफ्नै पत्नी हशिवुन निशाले हत्या गरेको खुलेको छ ।

    गत शुक्रबार साँझ १९:४५ बजे स्थानीय चन्दर थारुको जोतेको खेतको आलीको किनारमा केही पुरिएको र केही भाग बाहिर देखिएको अवस्थामा २९ वर्षीय खाँको लास फेला परेको थियो । लास फेला परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएका थिए ।

    प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान कार्य | सम्पन्न गरी घटना संकास्पद रहेको भन्दै मृतकका श्रीमती हशिवुन निशालाई पनि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट श्रीमती निशाले नै नसिम खाँको हत्या गरेको खुलेको हो यस्तो छ प्रहरीको अनुसन्धानबाट खुलेको तथ्य ।। गत १९ गते दिउँसो मृतकको श्रीमती हशिवुन निशाले आफ्नो श्रीमान १८ गते रातीदेखि हराएको हुँदा खोजतलास गरि पाउँ भनी प्रहरी चौकी बैरागनाथमा निबेदन दिएका थिए ।

    श्रीमान र श्रीमतीबीच पटक पटक झै-झगडा हुने गरेको र श्रीमान अव्दुल नसिम खाँले दैनिक रुपमा कुटपिट गर्ने, निज र २ जना छोराहरुको हेरचाह नगर्ने, स्कुलमा पढ्न पनि नपढाउने र घरमा बारम्बार घरेलु हिंसा समेत गर्ने गरेका थिए । त्यसैले श्रीमती निशाले विगत २ वर्षदेखि सम्पर्कमा रहेका १ जना भारतीय सँगै पढेको साथिसँग श्रीमान अव्दुल नसिम खाँले गर्ने गरेका कृयाकलापहरु सुनाएको र निजलाई “अब श्रीमानलाई मार्नु पर्छ तिमीले पनि सहयोग गर्नु पर्छ” भनी आग्रह गरे ।

    सो साथीले पनि राजी भई उक्त कार्य गर्न सहमती जनाए । त्यसपछि निशाले १७ गते साँझ उक्त साथीलाई भारतबाट नेपाल बोलाएकी थिइन् । त्यहीराति ११:५५ बजे घरको नजिक बोलाइ मोबाइल सम्पर्कमा बसी श्रीमान सुतेपछि निशाले साथिलाई घरमा बोलाएर १८ गते बिहान उज्यालो नहुँदै राती करिब २ बजेको समयमा बिस्तारामा सुतेको अवस्थामा मोबाइल चार्ज गर्ने सेतो डाटा केवलले घाटी कसी श्रीमान खाँको हत्या गरे ।

    हत्यापछि दुबैजना मिलि घरदेखि करिब १०० मिटर पश्चिम टाढा चन्दर थारुको जोतेको खेतको आली किनारमा खाँको मृत लाशलाई बोकेर लगि कोदालोले खाँडल खनि पुरेका थिए । वारदातमा प्रयोग भएको सबुत बरामद गरी निज हशिबुन निशालाई जरुरी पक्राउ पुर्जि जारी गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । निशामाथि प्रतिवेदन साथ दाखिला गरेर प्रारम्भिक अनुसन्धान पुरा गरि सम्मानित जिल्ला अदालत नवलपरासीमा पेश भएको र अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पाण्डेले बताए । हत्यामा संलग्न रहेका निशाका साथी भनिएका अभियुक्त फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय