• नवलपरासीमा गएराति अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा घाइते चालक को मृत्यु

  • बिनोद निगम / नवलपरासी / २१ जेठ | पश्चिम नवलपरासीको रामग्राम न.पा. ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा गएराति अन्दाजी ११:५५ बजे सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ ।

    लु ११ प १९९३ नंबर सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालकलाई जिल्ला अस्पाताल परासीले उपचारका क्रममा आज बिहान २:०० बज मृत घोषणा गरेको हो ।

    दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी टोली घटनास्थलमा पुगी उनलाई जिल्ला अस्पताल परासी ल्याइएको थियो ।

    अहिलेसम्म कुनैपनि नाम थर ठेगाना खुल्न नसकको मृतकको सनाखत हुन बाँकी रहेकोले शब सोही अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ । घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय