• आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि द्वारा सार्वजनिक सुनवाइ

  • सुरेश यादव,नवलपरासी/ जेठ २० । रुपन्देहीको राेहिणी गाउँपालिका वडा नं ६ बाेडवारमा रहेकाे आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालिले आज सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।

    आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि का संचालक मान बहादुर यादवकाे अध्यक्षतामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको अनुदानमा गाेबर प्रशाेधन मेसिन वितरण र साथै गाेठ निर्माण तथा गाई पालन गर्न अनुदान उपलब्ध गराएकाे विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

    पशु फर्ममा हाल ३०० थान गाई रहेका छन् भने साढे दुई विगहामा गाई पालन गरिएको संचालक मान बहादुर यादवले जानकारी दिनुभयाे । साथै पशुहरुकाे लागि १० बिगहामा घास लगाईएकाे व्यवस्थापक रामचन्द्र सहानीले बताउनुभयो । गाईहरुकाे दुध मिल्क पार्लरबाट निबाल्ने गरिन्छ भने पशुहरुलाई खाने अर्गानिक दाना,घास मात्र दिने गरिनुकाे साथै जैविक मल समेत उत्पादन हुने गरेकाे संचालक यादवले बताउनुभयो । उक्त पशु फर्ममा १० जना कामदारहरु रहेका छन् ।

    कार्यक्रममा राेहिणी गाउँपालिकाका पशु सेवा विकास अधिकृत ओमप्रकाश ठाकुर,सामुदायिक रडियाे परासीका सुरेश यादव,प्रहरी चाैकी पिप्रहवाका प्रहरी हवल्दार मुक्ति यादव लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय