• मुसिकोट २ वडा कार्यालयले ३ वर्षदेखिको खानेपानी मुहानको विवाद सल्टायो

    २०८० जेष्ठ १५, सोमबार २१:०८ मा प्रकाशित
  • गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ वडा कार्यालयले ३ वर्षदेखिको खानेपानीको विवाद समाधान गरेको छ ।

    वडा नं.२ स्थित ढ्वाटे खोला खस्थोक अमराई खानेपानी आयोजनाको मुहानको विषयमा रहेको विवाद आईतबार वडा कार्यालयमा छलफल पछि समाधान भएको वडाध्यक्ष रविन्द्र खत्रीले जानकारी दिनुभयो ।

    उक्त खानेपानी आयोजना सञ्चालनका लागि ३ वटा खानेपानीको मुहान प्रयोग गरिएको थियो । तीनवटै मुहान र ३०० मिटर पाईपलाईन मुलधनिको जग्गामा परेकोले विवाद सिर्जना भएको थियो ।

    आईतबार जग्गाधनि र खानेपानी उपभोक्ता विच छलफल गरी मुहान खानेपानी आयोजना मै समावेश गर्ने र आगामी दिनमा कुनै पनि विवाद सिर्जना नगर्ने गरी सहमती भएको वडाध्यक्ष केसीले बताउनुभयो ।

    विवादका कारण उक्त योजनाको निर्माण कार्य अबरुद्ध भएको थियो । विवाद समाधानका लागि यस अगाडी पनि पटक पटक वडाका जनप्रतिनिधी, मुल रहेको जग्गाधनि र खानेपानी उपभोक्ता बिच विभिन्न चरणमा छलफल भएको थियो । तर समाधान भने भएको थिएन ।

    बर्षौ देखिको विवाद समाधान हुँदा वडा कार्यालयले एउटा उपलब्धी हासिल गरेको आफुले ठानेको वडाध्यक्ष केसीले बताउनुभयो ।

    सिफारिस
    लोकप्रिय