• स्वास्थ्य प्रणाली सुधारको लागि विनोद चाैधरीले १० करोड खर्चने

  • काठमाडाैं । नेपालका एक मात्रै अर्ब डलरपति विनोद चाैधरीले स्वास्थ्य प्रणाली सुधारको लागि १० कर‍ाेड रुपैयाँ खर्चने निर्णय गरेका छन् ।

    कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्‍याउन यस्तो निर्णय लिइएको चाैधरी फाउन्डेसनले विज्ञप्तिमार्फत जनाएकाे छ । ग्रुपले यी निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेको जनाएको छ ।

    त्यस्तै, वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिने र वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने चाैधरी ग्रुपले जनाएको छ ।
    यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने जनाइएको छ ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गरिने प्रतिवद्वता जनाएको छ। वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने उल्लेख गरिएक‍ो छ । तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौं । यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन् ।´ फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने फाउन्डेसनक‍ो छ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

    अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्,´ उनले भने, `हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।´

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय