• जिल्ला भलिबल सघं गुल्मीद्धारा भलिबल खेलाडी स्व. बिनोदको परिवारलाई सहयोग

    २०८० जेष्ठ ११, बिहीबार १८:४६ मा प्रकाशित
  • गुल्मी । जिल्ला भलिबल सघं गुल्मीले क्यान्सर रोगका कारण उपचारको क्रममा ज्यान गुमाएका भलिबल खेलाडी स्व. बिनोद बि.कको परिवारलाई सहयोग गरेको छ ।

    सघंले बिनोदको उपचारका लागि आर्थिक सहयोग सकंलन अभियान सञ्चालन गरेको भएपनि उनको उपचारकै क्रममा गत चैत्र २८ गते निधन भएको थियो ।

    संघ मार्फत संकलित नगद रु ४० हजार रुपैयाँ जिल्ला भलिबल संघ गुल्मीका सदस्य सोम दर्लामी स्व. विनोदको परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै उहाँले उनको निधनले भलिबल क्षेत्रमा ठुलो क्षति पुगेको बताउनुभयो ।

    गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ का बिनोद भलिबल खेलाडी थिए । उनी जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उत्कृष्ट खेलाडीको पहिचान बनाएका थिए ।

    पछिल्लो समय क्यान्सर र मुटु रोगबाट ग्रसित उनको चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । तर उनको उपचारकै क्रममा निधन भएको थियो ।

    सिफारिस
    लोकप्रिय