• बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको बार्षिक समिक्षा सम्पन्न गर्यो

    २०८० जेष्ठ १०, बुधबार २३:२२ मा प्रकाशित
  • बाग्लुङ | बाग्लुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यप्रगतिको समिक्षा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट तथा नीति कार्यक्रमसगं सम्बन्धित रहेर कार्यप्रगति प्रस्तुत गर्दै समिक्षा गरेको हो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बार्षिक कार्यप्रगति प्रस्तुत गर्दै गाउँपालिकामा आफुहरु निर्वाचित भएको पहिलो वर्ष भएपनि उल्लेख्य कामहरु भएको दाबी गर्नुभयो । थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा सम्झौता भएका कुल योजना मध्ये अहिलेसम्म ७१.९ प्रतिशत योजनाहरु सम्पन्न भएको जानकारी दिनुभयो ।

    उहाँले स्थानीय सघं र प्रदेश गरी कुल सम्झौता मध्ये अझै ११५ ओटा योजना सम्पन्न हुन बाँकि रहेको र जेठ मसान्तसम्म सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका माहतहत रहेका विभिन्न शाखा प्रमुख एवम् प्रतिनिधिहरुले आफ्नो शाखाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारवालाहरुले पालिकाबाट संचालन भएका योजना र अनुदानका कार्यक्रमको पालिकाबाट कर्मकाण्डी मात्रै नभएर बलियो अनुगमन गर्नुपर्ने सुझाव राखेका थिए ।

    जनप्रतिनिधि, कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र कर्मचारीहरुबिच बार्षिक प्रगतिमा समिक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन बनको स्वगत मन्तब्य र प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारिको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सिफारिस
    लोकप्रिय