• जेष्ठ १४ गते बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्थगित स्ववियु निर्वाचन हुने

    २०८० जेष्ठ ४, बिहीबार १०:०७ मा प्रकाशित
  • सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनको अबरोधका बीच रोकिएको लुम्बिनी वाणिज्य क्याम्पसमा यही जेष्ठ १४ गते स्ववियु निर्वाचन हुने भएको छ । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस लुम्बिनी वाणिज्यमा गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपनि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन ।

    चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुनस् सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

    अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

    क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगतमा नेपाल विद्यार्थी संघको वर्चश्व रहेको यो क्याम्पसमा पछिल्ला स्ववियु निर्वाचनहरुमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो ।

    सिफारिस
    लोकप्रिय