• ११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए युवक

  • विराटनगर । मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बा (पोल) मा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् ।

    सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।

    उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

    अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डीएसपी दाहालले बताए ।

    सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय