• प्रेस चौतारी पाल्पाले ८ जना पत्रकारलाई पुरस्कृत गर्ने

  • पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अप्सवरमा ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

    शाखाले पाल्पामा त्रियाशिल तथा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गर्ने घोषणा गरेको हाे । पुरस्कृत हुनेहरू भद्रबहादुर स्मृती कृषि पत्रकारीता पुरस्कारबाट कृष्ण पाेखरेल उक्त पुरस्कार अक्षयकोष दाता नेकपा एमाले लुम्विनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगर रहेका छन ।

    द्धारिका नेपालले स्थापना गरेको सितादेवी स्मृती पर्यटन पत्रकारीता पुरस्कार बाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, एमाले जिल्ला कमिटी सदस्य विष्णु कार्कीले स्थापना गरेको गिता स्मृती पत्रकारीता पुरस्कार बाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत रिमा सोमै, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश कुमार अर्याल द्धारा स्थापित रेडियो पत्रकारीता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार बौडेल, प्रदेश सभासद राजु प्रसाद श्रेष्ठ द्धारा स्थापित शेष कुमारी लोक प्रसाद स्मृती शिक्षा पत्रकारीता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, रामपुरका विनोद श्रेष्ठ द्धारा स्थापित पुतली रुप नारायण स्मृती पत्रकारीता पुरस्कारबाट बाेलीखबर डटकमका सम्पादक बन्दना पोखरेल, एमाले लुम्विनी प्रदेश सदस्य राम बहादुर राउत द्धारा स्थापित तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारीता पुरस्कार बाट हरि बहादुर वि.क सुवास लाई पुरस्कृत गरिएको छनौट समितीका संयोजक प्रेश चौतारी नेपाल लुम्विनी प्रदेश सदस्य राजेन्द्र लिगलले बताए ।

    स्थापना दिवशको अवशरमा बोल्दै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेश चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मुल्य मान्यतामा आधारीत रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिए । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रकार भनेको समाजको ऐना भएकोले तथ्य, सत्य, डाटामा आधारित भएर काम गर्नुपर्ने बताए । अहिले विधुतीय मिडियाहरुको विग विगले अत्याधिकमात्रामा गलत समाचारहरु प्रशारण भईरहेकोले, गलत सूचना रोक्न र गलत सूचना दिने लाई कडा कारवाही गर्नुपर्ने समन्वय प्रमुख खनालले जोड दिए । लुम्विनी प्रदेश सभासद खेम बहादुर सारुले हरेक संघ संगठनका नाराहरु अति प्रिय हुन्छन तर काम भने ठिक विपरित गर्छन, तर प्रेश चौतारीले नारा अनुसारको काम गर्न अनुरोध गरे ।

    प्रदेश सभासद रानाले बाबा जंग बहादुर सारुको सम्झनामा २५ हजार रुपैयाको अक्षयकोषमा जंग बहादुर स्मृती शिक्षा स्वास्थ्य पत्रकारीता पुरस्कार घोषणा गरेका छन । सबै पुरस्कारको राशी नगद ५ हजार सहित प्रमाण रहेको छ । आउदो जेठ महिनामा विशेष समारोह विच पुरस्कृत पत्रकारहरु लाई पुरस्कृत गरिने प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताए । पत्रकारीताको काममा नियमित रुपमा क्रियासिल रहेका पत्रकारहरुलाई सम्मानित गर्दै टिकाउन र विकाउन प्रत्येक बर्ष चौतारीमा आवद्ध पत्रकारहरु लाई पुरस्कृत गर्दै जाने र पुरस्कारदाताहरु पनि थप्दै जाने अध्यक्ष कार्कीले बताए । प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केवशराज नेपालले पछिल्लो समय संस्थाका गतिविधी नियमित रुपमा संचालन भएको, चौतारी सम्बद्ध पत्रकारहरु लाई गोलवन्द गरी परिचालन गरेको बताए ।

    कार्यक्रममा पत्रकार महासंघका उप सभापती भरत शर्माले चौतारीका गतिविधी तथा सक्रियताले अन्य संघ संगठनले सिक्नु पर्ने अवस्था आएको बताए । नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले अहिले खोजी पत्रकारीता हराउदै गएको, मिहेनत नगरी कपि पेष्ट पत्रकारीता बढ्दै गएकोले खोजी पत्रकारीता लाई मनन गरेर काम गर्न पत्रकारहरु लाई अनुरोध गरे । प्रेस चौतारी तानसेन नगर कमिटीका अध्यक्ष गुणवती केसीले रेडियो पत्रकारीता शुरु गरेर अहिले संस्थागत जिम्मेवारीमा काम गर्न अवशर चौतारी बाट पाएको बताईन । शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको स्थापना दिवशमा केन्द्रिय सदस्य एवं लुम्विनी सह इन्चार्ज कमलराज तिमिल्सीनाको स्वागत र सहसचिव सन्तोष ज्ञवालीको संचालनमा भएको थियो । प्रेश चौतारी नेपाल पाल्पा शाखा २०५७ बैशाख २७ गते स्थापना भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय