![](https://forwardkhabar.com/wp-content/uploads/2024/07/trip-g-80x100.jpg)
शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ, हेक्का होस् : लामिछाने
![](https://forwardkhabar.com/wp-content/uploads/2023/04/rabi-manonayan-20-chaitra-1-2-800x445-1.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने घटनालाई सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रि–बजेट छलफलमा भाग लिदै उनले सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको घटनालाई यो वा त्यो नाममा सामसुम पार्ने वा दोषीलाई उन्मुक्ति दिने काम कसैबाट हुन नहुने बताए ।
‘अहिले भएको (उजागर) भ्रष्टाचार काण्डमा, शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो, तात्दै–तात्दै गरेको ताप्के चाहिँ सेलाएको छ । यो ताप्के नसेलाओस् । सिँगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ,’ सांसद लामिछानेले भने, ‘दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एकले अर्कालाई जोगाउने काम नहोस्, हामी यसलाई अन्यन्त नजिकबाट लियालिरहेका छौँ ।’
‘बजेटमा राखिने ‘गरिनेछ’ शब्दले जनतामा आशा छाउँदैछ ।
सांसद् रवि लामिछानेले देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताएका छन् । बजेट अधिबेशनको दोस्रो दिन आज (सोमबार) को बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताए ।
उनले अर्थमन्त्रीले प्रस्तुत गरेको दस्तावेजमा विगतका वर्षमाझैं गरिनेछ शब्दहरुमा रहेकाले तात्विक भिन्नता नरहेको बताए । उनले भने, ‘यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरी प्रस्तुत गरिने नियमित कर्मकाण्डका रुपमा आएको छ ।’
बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नु पर्ने भन्दै आशाका पुलिन्दा मात्रै पस्किन नहुने उनले बताए । ‘यदि गरिएन भने किन ? भएन त्यो सार्वजनिक हुनुपर्छ । गरिनेछले मात्रै भरिएको छ यो दस्तावेज,’ उनले भने । उनले सरकारको प्रक्षेपण गर्ने अवस्था एकदमै कमजोर रहेको बताए । भने, ‘राजस्व संकलन एकदमै कम भएको देखिन्छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रबाट जनतालाई के राहत मिल्ला र ? बर्सेनि गरिने भन्ने तर नगरिने प्रवृत्ति छ ।’