• चितवन–२ मा ७३ हजार ४५६ जनाले गरे मतदान

  • चितवन । चितवन–२ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।
    चितवन–२ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो ।

    मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३ प्रतिशत मत खसेको थियो । आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो । कृष्णपुरमा तत्कालै सुचारु भए पनि नयाँकिरणमा भने करिब ४ घण्टा मतदान रोकिएको थियो ।

    बिहान साढे ११ बजेदेखि रोकिएको मतदान दिउँसो ३ बजेपछि मात्रै सुचारु भएको थियो । त्यो मतदान केन्द्रमा निर्धारित समयपछि पनि मतदान हुने बताइएको छ । त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मदतान हुने बताइएको छ । चितवनका केही केन्द्र छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा भएको एसपी रामेश्वर कार्कीले बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय