• गुल्मीमा सडेको अवस्थामा शव फेला

  • बुटवल । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–५ दाङसिरमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा फेला परेको शव बारे अन्य विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको हो । घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएका छ । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय